27.4 C
Nepal
आइतवार, जुन 22, 2025

क्यानडासँग एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल विजयी

काठमाडौँः क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ।

क्यानडालाई ४७.५ ओभरमा २ सय १७ रनमा सीमित पार्दै नेपाल ७ रनले विजयी भएको हो। नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए।

ललित राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १÷१ विकेट लिए। यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले क्यानडाका लागि २ सय २५ रनको लक्ष्य दिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article