लक्षण देखिंदैन, जसकारण धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्छ । तर त्यही मुटुको प्वाल ठूलो भएमा वा भल्ब अति नै साँघुरिएमा नवजात शिशु जन्मिएको केही समयमा नै लक्षण देखापर्छ ।
यसका मुख्य लक्षण यस्ता हुन्छन् ।
-मुटुको चाल सोही उमेरका बच्चाको तुलनामा अलि छिटो छिटो हुने
-सास फेर्न गाह्रो हुने वा छिटो-छिटो सास फेर्ने
-बच्चाले राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुसिरहेको बेलामा निधारमा पसिना आउने
-अरु बच्चाको तुलनामा धेरै छटपटाइरहने
बारम्बार कडा निमोनिया भइरहने
-बच्चाको वृद्धि विकास नहुने
-पाल्मोनरी स्टेनोसिसजस्ता मुटुका रक्तनलीको भल्बहरु अति नै साँघुरो भएको अवस्थामा चाँडै थाक्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निनेजस्ता लक्षण पनि देखिन्छन् ।
यी लक्षणहरु देखिएमा मुटुको आवश्यक जाँच गराउन जरुरी छ ।
पहिचान
छातीको एक्सरे, मुटुको भिडियो एक्सरे (ईसीजी), गर्भभित्रै रहेको शिशुको मुटुको भिडियो एक्सरे (एफईसीजी) बाट जन्मजात मुटुरोग पत्ता लगाउन सकिन्छ ।
यदि पहिचान विधिबाट समस्या पत्ता लगेमा १५ वर्षमुनिका बालबालिकाको उपचार सरकारले नि:शुल्क गरेको छ ।
उपचार
जन्मजात मुटुका प्वाल (साना तथा साधारण) केही वर्षपछि आफैं टालिन सक्छन् । यी प्वालहरुलाई केही नगरी नियमित फलोअप गरेर हेर्न सकिन्छ ।
एट्रियल सेप्टल डिफेक्ट, भेन्ट्रिकुलर सेप्टल डिफेक्टर र पेटेन्ट डक्टस आर्टियासिसको समस्या भएमा शल्यक्रिया नगरी पनि मुटुका सामान्य प्वालहरुलाई क्याथेटरको माध्यमबाट बन्द गर्न सकिन्छ ।
जाली राखेर वा क्याथेटरको माध्यमबाट बन्द गर्न नसकिने प्वालहरु शल्यक्रिया गरेर नै बन्द गर्नुपर्ने हुन्छ । यो शल्यक्रिया गर्दा प्वालको प्रकार, प्वाल कता छ, यसको असर र बच्चाको उमेर तौल सबै हेरिन्छ । यससँगै अन्य स्वास्थ्य समस्या भएमा पहिले व्यवस्थापन गर्नुपर्छ ।
औषधिले कुनै पनि प्वाललाई बन्द गर्ने वा साँघुरो भएको ठाउँ खुलाउने काम गर्दैन । तर यसले बच्चालाई लक्षण घटाउनुका साथै लक्षण घटाउँछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?