23.9 C
Nepal
आइतवार, जुन 15, 2025
23.9 C
Nepal
आइतवार, जुन 15, 2025
More

    मेस्सीका कारण चीनमा अर्जेन्टिनाका दुई खेल रद्द

    बेइजिङ । हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ । गत आइतबार अर्जेन्टिनाका कप्तानले हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेल नखेलेपछि चीनमा रहेका समर्थकहरू उनीबाट रुष्ट बनेका हुन् ।TataFuturessoftFolliderm३६ वर्षीय खेलाडीले चोटका कारण आफूले सो खेल खेल्न नसकेको स्पष्टीकरण दिए पनि तीन दिनपछि जापानमा भिसेल कोबेविरुद्धको खेलमा भने उनी सब्सटिच्युटका रूपमा खेलेका थिए । यसबाट चीनमा उनको व्यापक आलोचना भइरहेको छ ।GCI COLLEGEविश्वकप विजेता टोलीले आगामी मार्चमा नाइजेरियाविरुद्ध हाङझाउ र बेइजिङमा आइभोरी कोस्टविरुद्ध खेल्ने तालिका रहेको थियो । बेइजिङ फुटबल एसोसिएसनले लियोनेल मेस्सी खेल्ने खेलका लागि कुनै पनि तयारी नगरिएको शनिबार बताएको छ । उता शुक्रबार नै हाङझाउमा पनि खेल रद्द गरिएको जानकारी दिइएको थियो ।

    यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

    Loading spinner

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest article