23.9 C
Nepal
आइतवार, जुन 15, 2025
23.9 C
Nepal
आइतवार, जुन 15, 2025
More

    ७ दिन भै सक्यो अझै भेटिएन !!!!परिवारद्वारा खोजी गरिदिन सबैलाई आग्रह

    ७ दिन भै सक्यो अझै भेटिएन !!!! परिवारद्वारा खोजी गरिदिन सबैलाई आग्रह

    बिहीबारदेखि इलामको रोङ गाउँपालिका-२ दुधेस्थित मावलीबाट एकाएक बेपत्ता भएका धरान ८ का ५ वर्षिय बालक निर्भिक तामाङ अझै फेला नपरेकाले खाेजिमा सहयाेग गरिदिन प्रहरी प्रशासन, पत्रकार लगायत सबैमा सहयाेगका लागि परिवारले अनुराेध गरेकाे छ ।घरबाट बिहेभोज खान मावली गएका बालक सम्पर्क बिहिन बनेपछि प्रहरीकाे तालिम प्राप्त कुकुरकाे सहारामा खाेजि गर्दा समेत केही पत्ता लागेन । हरेक नाका क्षेत्र विशेष ईलाम ,पशुपति क्षेत्रका नाका, झापा र इलाम जिल्लाको पुर्वि क्षेत्रमा बालक अपहरण गरि लुकाइएको हुनसक्ने परिवारको आशंका रहेकाले त्याे क्षेत्रमा विशेष खाेजि गरिदिन आग्रह छ। बच्चा फेला पारिदिने लाई परिवारले पुरस्कार समेत दिने जानकारी दिएकाे छ।नातामा मावली काकी हजुरआमा पर्ने महिलाले पसल लान्छु भनि लगेको डेड खोजीका लागी अन्तरालमा बालक उनको साथमा नरहेको खबर गाउलेले बालकको आमालाई दिएका थिए । तत्काल परिवार,गाउले र प्रहरी लागी परेर खोजतलास गर्दा समेत फेला पार्न सकेका छैनन् । संकास्पद देखिएकाले ती महिलालाई सोधपुछका लागी प्रहरीले पक्राऊ गरेको छ । बालक फेला परेमा 9842173879 तथा 9842166645,9814374862 मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

    यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

    Loading spinner

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest article